भोलि सार्कका विदेश मन्त्रीको भर्चुअल बैठक
भोलि सार्कका विदेश मन्त्रीको भर्चुअल बैठक
काठमाडौं : नेपालले ६ वर्षदेखि अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजनाका लागि सबै विकल्प खोजी गर्न सदस्य देशलाई आग्रह गरेको छ।
सार्कमा नयाँ उत्साह उत्पन्न गर्न तथा गतिशील तुल्याउन १९ औँ शिखर सम्मेलन चाँडो आयोजना गर्नु अपरिहार्य भएको बताउँदै सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालले व्यावहारिक विकल्पको खोजीका निम्ति सदस्य राष्ट्रलाई आग्रह गरेको हो।
संगठनको अध्यक्ष नेपालले अप्रत्यक्ष रुपमा बिहीबार आयोजना गरेको सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्कलाई दक्षिण एशियाका जनताको जीवन निर्वाहमा प्रत्यक्ष परिवर्तन गराउन सक्षम, प्रभावकारी एवं परिणामोन्मुख क्षेत्रीय सङ्गठन बनाउनुपर्नेमा जोड दिए।
कोभिड-१९ विरुद्ध लड्न र महामारीको प्रभाव घटाउने अनुकूल उपाय विकास गर्न सदस्य राष्ट्र सामूहिकरुपमा सघनताकासाथ लाग्नुपर्ने आवश्यकता बैठकका अध्यक्ष मन्त्री ज्ञवालीले औँल्याए। बैठकमा सबै सदस्य मुलुकका परराष्ट्र बाह्यमामिलामन्त्री सहभागी थिए।
भारतले देखेका तीन चुनौती
यसैबीच भारतीय विदेशमन्त्री एस जयशंकरले सार्कले अहिले देखिएका तीन मुख्य चुनौतीलाई चिरेर अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। शुक्रबार हुने सार्कका मन्त्रिस्तरीय भर्चुअल बैठकअघि आफ्ना भनाइ राख्दै उनले तीन मुख्य चुनौती चिर्नु सार्कको दायित्व हुने बताए।
Cross-border terrorism, blocking connectivity and obstructing trade are three key challenges that SAARC must overcome.
— Dr. S. Jaishankar (@DrSJaishankar) September 24, 2020
Only then will we see enduring peace, prosperity and security in our South Asia region.
'सीमा पार आतंकवाद, सम्पर्क विस्तारमा अवरोध र व्यापारिक अवरोध यी तीन मुख्य चुनौतीलाई चिरेर सार्कले अगाडि बढ्न सक्नुपर्छ', उनले भनेका छन्, 'तब मात्रै हामीले दक्षिण एसिया क्षेत्रमा स्थायी शान्ति, समृद्धि र सुरक्षा देख्न सक्ने छौं।'
भारत सहभागी हुने
यसैबीच सार्क राष्ट्रका विदेशमन्त्रीहरूको शुक्रबार हुने भर्चुअल बैठकमा भारत पनि सहभागी हुने भएको छ। नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने भर्चुअल बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुने भएका हुन्।
पाकिस्तानसँगको राजनीतिक किचलोका कारण सार्कलाई प्राथमिकतामा नराखेको भारतले पछिल्लो समय कोभिड-१९ को संकटसँगै यसमा सक्रिय हुन थालेको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सार्कमा विदेशमन्त्रीहरूको भर्चुअल बैठकमा विदेशमन्त्री जयशंकर सहभागी हुने पुष्टि गरेका छन्। यसअघि सांघाई कोअपरेसन अर्गनाइजेसनको बैठकमा सहभागी भारत-पाकिस्तान दुवै देशका विदेशमन्त्री पनि यो भर्चुअल बैठकमा सहभागी हुने अपेक्षा नेपालले गरेको थियो।
सार्क अध्यक्ष राष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने छन्। बैठकमा सार्कका आठवटै सदस्य राष्ट्रको सहभागी हुने करिब पक्का भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।