|

विराटनगर : तीन दिनदेखि लगातार परेको वर्षाका कारण प्रदेश १ को राजधानी विराटनगर जलमग्न भएको छ। विराटनगर महानगरपालिको दक्षिण क्षेत्रहरु अधिकांश डुबानमा परेका छन्। 

पानीको निकास नभएका कारण सामान्य वर्षामा पनि सीमावर्ती क्षेत्रका वडाहरु प्राय जलमग्न हुने गरेका छन्। सबैभन्दा बढी विराटनगर १५ डुबानमा पर्ने गरेको छ।

डुबान क्षेत्रको शुक्रबार विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासहितको टोलीले निरीक्षण गरेका छन्।
लगातार परेको वर्षाका कारण विराटनगर १२, १३, १४, १५, १६, १७ र १८ वडाका अधिकांश घरमा पानी पसेको छ भने बजार क्षेत्रमा पनि पानी जमेको छ।

पछिल्ला दिनहरुमा घनघोर पानी परेका कारण अधिकांश क्षेत्रमा पानी जमेर जनजीवनलाई कठिन बनाइदिएको विराटनगर १५ का वडाध्यक्ष असलम आलमले जानकारी दिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.