|

जाजरकोट : जाजरकोटमा एक युवाको कुटपिटबाट ज्यान गएको छ। कुशे गाउँपालिका-२ टालेगाउँका झलक सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

बिहीबार सामान्य वादविवाद हुँदा कुशे टालेलेगाउँमा २२ वर्षीय अर्जुन सिंहको कुटाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रहरी प्रमुख एन बहादुर मल्लले बताए। कुटपिटबाट घाइते भएका सिंहलाई स्वास्थ्य सेवा कार्यालयमा उपचार गर्दागदै शुक्रबार दिउँसो साढे १ बजे ज्यान गएको उनले जानकारी दिए।

आक्रमणमा संलग्न भएको आशंकामा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुटपिट गर्ने सिंह भने फरार रहेका प्रहरीले जनाएको छ। घटनास्थलमा टेलिफोन सम्पर्क नभएका कारण थप विवरण आउन नसकेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.