|

बैतडी : भारतबाट फर्किएर घर जादैं गरेका बैतडीका एक जनाको शुक्रबार बाटोमै मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका-३ तोलीगाँउका ३५ वर्षीय पुरुष छन्।  

भारतको बैंग्लोरबाट फर्केर घर जादैका ती पुरुष पुर्चौडी नगरपालिका-१ लामाधारमा मृत भेटिएका बैतडी प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। पुरघाट प्रहरी चौकी गस्तीका क्रममा अपराह्न साढे ४ बजे रहेका ती पुरुष लामाबगरमा मृत फेला परेका हुन्। उनले भने, ‘मुखबाट र्‍याल फालेकोजस्तो देखिएको छ।’

मृत भेट्टिएका ती पुरुषको बाहिर देखिने कुनै चोटपटक नरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले बताए। बाहिर देखिने कुनै चोटपटक नदेखिएको चन्दले जनाए। उनले भने, 'भारतबाट फर्केको हुनाले कोराना संक्रमण हुन सक्ने भएकोले प्रहरीलाई समेत छुन दिएका छैनौं।’

मृतक ती पुरुषको कोरोना परिक्षणका लागि स्वाबको नमुना संकलन गरेको र परीक्षण रिपोर्टपछि मात्रै अन्य प्रक्रिया थालिने जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.