|

बैतडी : भारतबाट फर्किएर घर आउँदै गर्दा बाटोमै मृत्यु भएका बैतडीका एकजनाको कोरोना परीक्षण गरिने भएको छ।  भारतको बैंग्लोरबाट फर्केर घर जाने क्रममा शुक्रबार अपराह्न पुर्चौडी नगरपालिका–३ तोलीगाउँका ३५ वर्षीय पुरुषको घर नजिकै लामाधारमा मृत भेटिएका थिए।

ती पुरुषको स्वाब संकलन गरी परीक्षणका लागि शनिबार डडेल्धुरा पठाइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। पाँच दिनअघि बैंग्लोरबाट हिँडेका ती पुरुष बिहीबार गौरीफण्टा नाकाबाट नेपाल भित्रिएका बताइएको छ। मृत फेला परेका पुरुषले मुखबाट र्याल निकालेका प्रहरीले जनाएको छ।

मृतकको बाहिर देखिने गरी कुनै चोटपटक नरहेको र शवलाई प्रहरीले सुरक्षित राख्न सोही ठाउँमा पहरा दिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। उनले भने, ‘भारतबाट फर्केको हुनाले कोराना संक्रमण हुनसक्ने भएकाले प्रहरीलाई समेत छुन नदिएको र परीक्षण रिपोर्टपछि मात्रै अन्य प्रक्रिया थाल्छौं।’ 

पिसिआर रिपोर्ट पोजेटिभ आएपछि मृतकको  नेपाली सेनाले अन्तिम दाहसंस्कार गर्ने र नेगेटिभ आए परीक्षणपछि परिवारको जिम्मा लगाइने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.