|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं सिजन अन्तरगत आठौं खेलमा आज कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावाद अबुधावीमा प्रतिष्पर्धा गर्दै छन्। 

युएईमा यी दुई टिम पहिलो पटक एक अर्काविरुद्ध प्रतिष्पर्धा गर्न लागेका हुन्। सिजनको पहिलो खेलमा हैदरावाद रोयल च्यालेन्जर्स बैंगलोर तथा कोलकाता मुम्बईसँग पराजित भएका थिए। 

त्यसैले दुवै टिमको लक्ष्य पहिलो जितको खोजी हुने छ। पछिल्लो चार खेलमा दुवै टिमबीच कडा प्रतिष्पर्धा हुँदै आएको छ। जहाँ दुवै टिमले समान २-२ खेलमा जित निकालेका छन्।

दुवै टिमका महँगा खेलाडी

हैदरावादका लागि सर्वाधिक महँगा खेलाडीका रुपमा डेभिड वार्नर रहेका छन्। उनलाई १२.५० करोड खर्च गरिएको छ। त्यस्तै दोस्रो महँगो खेलाडीमा मनिष पाण्डे रहेका छन्। 

पाण्डेलाई हैदरावादले ११ करोड खर्च गरेको छ। त्यस्तै कोलकाताका लागि प्याट कमिन्स सर्वाधिक महँगा रहेका छन्। उनलाई १५.५० करोड दिएको छ। त्यसपछि दोस्रो नम्बरमा सुनिल नारेन रहेका छन्। उनलाई सिजनमा १२.५० करोड दिइएको छ।

कोलकता आज पनि अफ स्पिनर तथा ओपनर सुनील नारेन तथा आन्द्रे रसेलको विश्‍वासमा छ। गत सिजन रसेल आक्रामक बन्दा उनले ५२ छक्का प्रहार गरेका थिए। 
आईपीएलमा रसेलको सर्वाधिक १८६.४१ को स्ट्राइक रेट छ। यता हैदरावादका लागि भने वार्नर र जोनी ब्यारिस्टो तथा मनीष पाण्डे मुख्य हतियारका रुपमा छन्। यत बलिङतर्फ भुवनेश्‍वर कुमार र राशिद खान भएकाले हैदरावाद स्टार खेलाडी चलेमा जित्‍नेमा विश्‍वस्त छ। 

हेड टु हेड

दुई टिमबीच अहिलेसम्म भएका १७ खेलमा कोलकाता हाबी हुँदै आएको छ। कोलकाताले १० खेलमा जित निकाल्दा ७ खेलमा हैदरावाद विजयी भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.