|

काठमाडौं : शनिबार बिहान १० बजे तिलगंगामा बसले स्कुटरलाई ठक्कर दिएको छ।

विद्युतीय शवदाह गृह अगाडि मूल सडकमा बा८४प ८९७० नम्बरको होन्डा डियो स्कुटीलाई बसले ठक्कर दिएको हो। ठक्करबाट स्कुटर चालक मीन बहादुर गुरुङ घाइते भएका छन्।

घाइते गुरुङलाई केएमसी अस्पतालमा उपचारका लागि पठाइएको महानगरीय गौशाला वृत्तले जनाएको छ। प्रहरीले बस नियन्त्रणमा लिई चालकमाथि कारबाही बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.