|

हेटौंडा : मकवानपुरका फरक फरक स्थानमा खोलाले बगाउँदा शनिबार ३ जनाको ज्यान गएको छ। भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु भएको छ।

परिवारसहित मन्दिर गएकामध्ये तीनजना नुहाउने क्रममा खोलाले बगाउँदा वीरगंज घर भएकी हेटौंडा बस्ने १८ वर्षीया प्रियंका सोनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता  प्रहरी नायव उपरीक्षक  इन्द्र बहादुर रानाले बताए। 

त्रिखण्डी  मन्दिर नजिकबाट बगाएर  केही तल पु¥याएपछि सोनीको उद्दार गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

शनिबार नै कैलाश गाउँपालिकामा खोलाले बगाएका एकजनाको शव फेला परेको छ। कैलाश गाउँपालिकास्थित विमिरे खोलाले बगाउँदा स्थानीय ३८ वर्षीय सोम सिङतान (धावा लामा) को मृत्यु भएको  प्रहरीले जनाएको छ।  

५ नम्बर वडाका वडाध्यक्ष छेकु लामाका अनुसार  विहीबार खेतमा काम गर्न गएपछि नफर्केका लामाको शनिबार खोलामा शव भेटिएको हो।  

शनिबार नै  हेटौंडा–१९ मा पर्ने ज्यामिरे खोलामा महिलाको शव फेला परेको छ। आन्दाजी ४० ÷४५ वर्षीया एक महिलाको शव खोलामा फेला परेको हो। शवको पहिचान भइनसकेको प्रहरी प्रवक्ता रानाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.