काठमाडौंमा मात्रै ७ सय २४ संक्रमित थपिए

|

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चार सहित आज ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

काठमाडौंमा २० र ७४ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ। यसैगरी सप्तरीमा ६३, मकवानपुरमा ७४, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ। नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ। १० हजार १९ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ११ र पुरुष ७ सय ९६ जनामा संक्रमण देखिएको हो। 

आज काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ। नेपालमा कुल संक्रमितको संख्या आजसम्म ७१ हजार ८ सय २१ पुगेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.