|

काठमाडाैं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धराशायी बनाउँदै लगेको बताएका छन्। 

आज राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा मात्रै नभएर आफू पनि राजनीतिक रुपमा धरासायी बन्दै गएको उनले बताए।

उनले भने, ‘कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा मुलुकलाई धरासायी पारे र आफू पनि त्यसरी नै धरासायी भए। अहिले त्यही बाटोमा नेपाल पनि छ। भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ। यतिका काण्ड त पञ्चायती समयमा पनि भएका थिएनन् होला ।’ 

अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट मुलुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको उनले बताए। जनता उपचार र खाना नपाएर मरिरहेको भए पनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उनले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए।

लोक समाजवाद (समाजवाद, संघीयता र लोकतन्त्र)को बाटोमा हिँड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्नेतर्फ बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए। आज राजधानीमा भएको एक कार्यक्रमबीच विभिन्न पार्टी परित्याग गरेकाहरु जनता समाजवादी पार्टी प्रवेश गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.