|

डडेल्धुरा : युएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध सनराइजर्स हैदरावादले टस जितेर ब्याटिङ रोजेको छ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ। ​केकेआर र हैदरावादले जारी आइपिएलको पहिलो खेलमा हारको सामना गरिसकेका छन्।

दुवै टोली आज आइपिएल २०२० मा जितको सुरुवात गर्न चाहन्छन्। आइपिएल इतिहासमा केकेआरले २ र हैदरावादले एक पटक उपाधि जितेसकेका छन्।

आज हैदरावदले ३ र केकेआरले २ खेलाडी परिवर्तन गरेका छन्। हैदरावादले मिचेल मार्श, सन्दीप शर्मा र विजय शंकरको स्थानमा ऋद्धिमान शाह, खलिल अहमद र मोहम्मद नाबीलाई मौका दिएको छ।

यता केकेआरले सन्दीप वारियर्स र निखिल नाइकको स्थानमा कमलेश नगरकोटी र वरुण चक्रवर्तीलाई अवसर दिएको छ।

केकेआरको प्लेइङ ११

सुनील नारायण, शुभमन गिल, दिनेश कार्तिक (कप्तान), नितीश राणा, इयोन मोर्गन, आन्द्रे रसल, कमलेश नगरकोटी, वरुण चक्रवर्ती, प्याट कमिन्स, कुलदीप यादव र शिवम मावी ।

हैदरावादको प्लेइङ ११

जोनी बेयरस्टो (विकेटकिपर), डेविड वार्नर (कप्तान), मनीष पाण्डे, प्रियाम गर्ग, मोहम्मद नाबी, ऋद्धिमान शाह, खलिल अहमद, अभिषेक शर्मा, राशीद खान, भुवनेश्वर कुमार र टी नटराजन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.