|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रित रहेको बताएका छन्।

शनिबार १६ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवम् बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सव समारोहमा भर्चुअल सम्बोधन गर्दै मन्त्री ढकालले सरकार कुरामा भन्दा काममा विश्‍वास गरेर अघि बढिरहेको बताए।

उनले कोभिड-१९ विरूद्ध मन, वचन र कर्मले काम गरिरहेका सम्पूर्णप्रति उच्च सम्मान जनाउँदै सरकार निरोगी नेपालको अभियान साकार पार्न केन्द्रित रहेको बताए।

सरकारले नीति तथा कार्यक्रममार्फत नै सम्बोधन गरेर निरोगी नेपाल बनाउने अभियानका साथ काम गरिरहेको भन्दै स्वस्थ जीवनशैली र खानपानबारे सचेतना जगाउनुपर्नेमा जोड दिए।

क्यान्सर रोगले सबैलाई दुःख दिइरहेको बताउँदै विश्‍वमा वार्षिक ९६ लाख मानिसको ज्यान गइरहेको बताए। उनले नेपालमा मात्रै वार्षिक २६ हजार जनाले विभिन्‍न प्रकारका क्यान्सरका कारण मृत्युवरण गरिरहेको उल्लेख गरे। 

क्यान्सरबाट मृत्यु हुनेमध्ये १० प्रतिशत नागरिक नेपाल जस्तै देशका रहेको बताउँदै हामीले पनि यो रोग वृद्धिको कारण खोजेर निदानका लागि काम गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा मन्त्री ढकालले अस्पतालले प्रकाशन गरेका विभिन्‍न तीन पुस्तक सार्वजनिक गरे। शनिबारबाटै भरतपुर अस्पतालमा ई-टिकेटिङको पनि शुरू भएको छ। 

मन्त्री ढकालले भर्चुअल माध्यमबाटै अस्पतालले ई-टिकेटिङका लागि तयार पारेको एप्स क्लिक गरेर शुभारम्भ गरे। यसले क्यान्सर अस्पतलमा सेवा लिन आउनेलाई टिकटकै लागि लाइन बस्‍नुपर्ने बाध्यता हटेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.