|

बैतडी : बलात्कार आरोपमा बैतडीमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्लाको मेलौली नगरपालिका ९ का २८ वर्षीय पुरुषलाई प्रहरीले समातेको छ। 

नियन्त्रणमा लिएका पुरुषको नाम गोप्य राखिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, ‘महिलालाई सामाजिक रुपमा पीडा हुने भएपछि पीडकको नाम पनि गोप्य राखेका छौं।’  

डडेल्धुराको भागेश्वर गाउँपालिका घर भएकी २३ वर्षीया महिलामाथि पक्राउ परेका ती पुरुषले पटक पटक बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ।महिलाले दिएको जाहेरीको आधारमा ती पुरुषले महिलालाई वैशाखमै बलात्कार गरेको आरोप लागेको प्रहरी नायव उपरिक्षक अधिकारीले बताए। उनले भने, ‘पेटमा गर्भ बसेपछि घटना बाहिर आयो’, उनले थपे, ‘पक्राउ परेका पुरुष र पीडित महिला दुुवै विवाहित रहेका र दुवैका घरमा छोराछोरी रहेका बुझिएको छ।’

महिलाको माइतीघर पक्राउ परेका पुरुषको घर नजिकै रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घरबाटै पक्राउ परेका पुरुषलाई जिल्ला प्रहरी कार्यालयको हिरासत रहेका छन् । आइतबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया बढाइने भएको छ। महिलाका श्रीमान १ वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.