|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्सलाई कोलकाता नाइट राइडर्सले हराएको छ। 

युएईमा जारी आइपीएलमा पहिलो जीत दर्ता गर्ने क्रममा कोलकाताको हैदराबादलाई ७ विकेटले  स्तब्ध पार्यो। हैदराबादले लगातार  दोस्रो खेल हारेको हो।
जीतको लागि १ सय ४३ रनको मध्यम लक्ष्य पछ्याएको कोलकाताले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गर्यो। 

कोलकाताको जितमा युवा ब्याट्सम्यान तथा ओपनर सुवमन गिल ६२ बलमा ५ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे। ओईन मोर्गन २९ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे। 

त्यसअघि टस जितेर पहिला ब्याटिङ  गरेको हैदराबादले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनाएको थियो। हैदराबादका मनिष पान्डेले अर्धशतकीय इनिङ खेल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन्। पान्डेले ५१ रन बनाए । कोलकाताका प्याट कमिन्स, बरुण चक्रबर्ती, आन्द्रे रसेलले समान १–१ विकेट लिए।  

प्रतियोगिता अन्तरगत आज राजस्थान रोयल्स र किंग्स इलेभन पञ्जाबबीच खेल हुनेछ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.