|

मुगु : हिमाली जिल्ला मुगुका किसान यति बेला कोदो भित्र्याउन व्यस्त छन्। उनीहरु बिहान सबेरै उठेर राति अबेरसम्म कोदो भित्र्याउनमै व्यस्त हुन्छन्। चैतमा रोपेको कोदो भित्र्याउने चटारो भएको हो।

मुगुमा मुख्यबालीका रुपमा चैत र बैशाखमा कोदो र धान लगाउने गर्छन्। यतिबेला त्यही बोली उठाउने समय हो। आवश्यक पर्ने वर्षा भएकाले यो वर्ष कोदो राम्ररी फलेको किसानहरु बताउँछन्। कोदोलागयत अन्य बालीको उत्पादन राम्रै हुने देखिएकाले यो वर्ष भोकमरी नहुने छाँयानाथ रारा नगरपालिका–३ किसान रत्न रावल बताउँछन्।

यति बेला कोदोसँगै भुवा धान पनि भित्र्याउने सिजन हो। कोदो र भुवा धान भित्र्याई सकेपछि रोपे धान र सिमी भित्र्याउनु पर्ने हुन्छ। अद्दिल्ला वर्षहरुमा चाड पर्वको समयमा समेत किसानहरु खेतबारीमै कोदो टिपिरहेका हुन्थ्ये। यो वर्ष दशैं तिहार ढिलो भएकाले चाडपर्वअघि नै उनीहरुले भित्र्याइसकेका छन्। 

मगुको कुल खेतीयोग्य जमिनको ४० प्रतिशत कोदो र ३० प्रतिशत धान र ३० प्रतिशत अन्य अन्नबालीको खेती हुने गरेको कृषि कार्यालयका प्रमुख पञ्चलाल बुढाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.