|

काठमाडौं : फोटो नेपालद्वारा प्रकाशित पुस्तक ‘जनप्रतिनिधि बागमती प्रदेश’ सार्वजनिक भएको छ। आइतबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुस्तकको विमोचन गरेका हुन्। 

एक हजार ६६८ पृष्ठको पुस्तकमा एक हजार ५५६ जना जनप्रतिनिधिको विवरण समावेश छ। पुस्तक विमोचन गर्दै मुख्यमन्त्री पौडेलले सबै क्षेत्रलाई आवश्यक सूचना एकै पुस्तकबाट प्राप्त हुने विवरणको पुस्तक समयको आवश्यकता भएको बताए। 

'निर्वाचित जनप्रतिनिधिको आवश्यक सूचना यही पुस्तकबाट लिन सकिन्छ। यो आजको आवश्यकता हो। यसलाई निर्वाचित प्रतिनिधिको ऐतिहासिक दस्तावेज सबैको रुपमा लिन सकिन्छ,' उनले भने, 'यसले नागरिकर्लाइ आवश्यक सूचना प्रदान गर्न सक्छ। सबै स्थानीय तहको हरेक टेबलमा यो किताब पुग्न आवश्यक छ। 

कोरोना संक्रमण जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै पुस्तक विमोचन जुमबाट गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिए। एक वर्षभन्दा बढी समयको प्रयत्नबाट बागमती प्रदेशका सबै जनप्रतिनिधिको विवरणसहितको पुस्तक प्रकाशन गरिएको उनले बताए। 

पुस्तकमा राष्टिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका  सदस्यहरु, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्ष र वडा सदस्य समेतको आफ्नो पृष्ठभूमि र योजना सहितको व्यक्तिगत विवरण समावेश रहेको पुस्तक प्रकाशन परियोजना संयोजक विदुर आचार्यले जानकारी दिए। 

पुस्तकमा समावेश गरिएका विवरण मकवानपुरबाट शिवकुमार काशी, चितवनबाट शालिग्राम नेपाल, सिन्धुलीबाट कृष्जला पुलामी, रामेछापबाट नवराज श्रेष्ठ, दोलखाबाट नवीनकुमार खतिवडा, सिन्धुपाल्चोकबाट यज्ञ दंगाल, काभ्रेपलाञ्चोकबाट सन्तोष चौलागाई, काठमाडौँबाट जयसिह महरा र जमुना धमला, ललितपुरबाट शिवहरि घिमिरे, धादिङबाट महेश्वर सुवेदी, रसुवाबाट अनु आचार्य र गीता न्यौपाने, नुवाकोटबाट रामहरि न्यौपालेले संकलन गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.