|

काठमाडाैं : बाराको निजगढ-पथलैया सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

पथलैयाबाट निजगढतर्फ गइरहेको स्कुटरलाई बसले ठक्कर दिँदा बाराको निजगढ-१० निवासी २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योति र १ वर्षका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले थाहा खबरलाई जानकारी दिए।

मिश्रका अनुसार पथलैयाबाट निजगढतर्फ गईरहेको प्रदेश २—०३—००४ प ४४४२ नम्बरको स्कुटरलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पूर्वपश्चिम राजमार्गअन्तर्गत सिमरा उपमहानगरपालिका १ को दुधौरामा आज बेलुकी पौने पाँच बजे  ठक्कर दिएको थियो।

बसको ठक्करबाट स्कुटरमा सवार दम्पती र उनीहरुका छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए। शव पोस्टमार्टमका लागि कलैया अस्पताल लगिएको छ। बसका चालक फरार रहेका प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.