|

काठमाडौं : शहीद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा 'माङ्जाबुङ्गे' को निधन भएको छ।

लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पीडित शेर्माको आइतवार मोरङको उर्लाबारीस्थित आइतवारको आफ्नै निवासमा निधन भएको हो।
 
५५ वर्षीय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दै आएका थिए। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

उनी फिल्मी क्षेत्रसँगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए। शेर्माको आजै दिउँसो उर्लावारीस्थित सुनझोडा जङ्गलमा अन्त्येष्टि गरिएको छ।

यसैबीच, शेर्माको असमायिक निधन प्रति चलचित्रकर्मी, साहित्यक, सामाजिक क्षेत्र तथा विभिन्न पेशाकर्मीले समवेदना व्यक्त गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.