|

काठमाडौं :  काठमाडौंका उपत्यकाका आठवटा निजी प्रयोगशालाले तीन हजार ८९९ रुपैयाँभन्दा कममा कोभिड १९ परीक्षण गर्न नसक्ने बताएका छन्। संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो बताएका हुन्।

ह्याम्स अस्पताल प्रयोगशाला, स्टार अस्पताल प्रयोगशाला, बि एन्ड बी अस्पताल प्रयोगशाला, नेपाल मेडिसिटी अस्पताल प्रयोगशालाले उक्त प्रष्टीकरण दिएका छन्। यस्तै‚ डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डाइग्नोस्टिक ल्याबरोटर एन्ड रिसर्च सेन्टर र इन्ट्रापिड डायग्नोस्नोस्टिक सेन्टर रहेका छन्।

त्यसअघि निजी प्रयोगशाला सञ्चालकहरूले आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेका थिए। छलफलका क्रममा उनीहरुले लागत खर्चको विवरण समेत बुझाएका थिए।

छलफलमा मन्त्रालयका तर्फबाट प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको अगुवाइमा सहप्रवक्ता डा. समीरकुमार अधिकारी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा सहभागी थिए। त्यस्तै निजी प्रयोगशालाका सञ्चालकहरुको तर्फबाट डा. ज्योतिन्द्र शर्मा, गोविन्द अकेलासहितको टोली थिए।

स्टार अस्पतालका प्रयोगशाला सञ्चालक गोविन्द अकेलाले भने‚ ‘सरकारले धमाधम मूल्य घटायो, हामीले गुणस्तरीय नतिजा दिनका लागि घटाइएको मूल्यले सक्दैनौँ। ल्यावमा बस्ने स्वास्थ्यकर्मीको खाना भत्तासहित जोड्दा यति रकमले हामीले परीक्षण गर्न सक्दैनौँ ‘

सरकारले कोभिड १९ को पिसिआर परीक्षणका लागि अधिकतम दुई हजार रुपैयाँ शुल्क तोकेको छ। केही निजी प्रयोगशालाहरूले सरकारले तोकेकै मूल्यमा समेत परीक्षण गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.