|

जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुला गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवामा सातौं तहसम्मको भर्ना लिन स्वीकृति दिने निर्णय गरेको हो।
 

प्रदेश निजामती सेवा ऐन पारित नभएसम्म संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिइएको सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

लोक सेवा आयोगकाे यो ऐन​ पारित गर्नुका साथै लोक सेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिइएको छ।

कोरोना महामारीका कारण यस प्रदेशमा चिकित्सक र विकास निर्माणका लागि इन्जिनियर अभाव छन्। सोही कारण तत्काल चिकित्सक र इन्जिनियरको आवश्यकता पूरा गर्न कर्मचारी भर्नाको स्वीकृति दिइएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.