|

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै ६४९ जनालाई कोरोना भएको छ। यस्तै ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यका कोरोनाको  संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरे। उनले साबुन पानीले राम्रोसँग हात धोएर मास्क लगाउने पर्ने बताए।

पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ५४ हजार नाघेको छ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये १३५१ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.