|

बाँके : जाजरकोटकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ। होम आइसोलेसनमा बसेकी जुनीचाँदेकी ७६ वर्षीया महिलाको कोरोना संक्रमणका कारण सोमबार दिउँसो मृत्यु भएको हो।

आइसोलेसनमा रहेका बेला स्वास्थ्य बिग्रिएपछि उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर ल्याउने क्रममा अस्पताल पुग्नै लाग्दा बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

६ असोजमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। ती महिलामा केही दिनदेखि पित्तथैलीमा समस्या देखिएको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको समन्वयमा मृतक महिलाको शव व्यवस्थापनका लागि प्रक्रिया बढाइएको छ। योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका सात जनाको मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.