|

विराटनगर : विराटनगर महानगरपालिका आफ्नो निर्णयबाट पछि हटेको छ। महानगरपालिकाले एकल निर्णय गरी असोज २५ गतेबाट लिने तालिका सार्वजनिक गरेको कक्षा ११ को परीक्षा स्थगित गरको छ।

विद्यार्थीको विरोधपछि जिल्ला प्रशासन कार्यालय कार्यालय मोरङमा सोमबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। महानगरपालिकाले माध्यमिक विद्यालयहरुको दबाबमा आएर सरोकारवालाहरुसँग सल्लाह नै नगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो। त्यसपछि विद्यार्थीहरुले सोमबार नै महानगरपालिका अगाडि धर्ना समेत दिएका थिए।

बढ्दो कोरोना महामारीमा प्रदेश १ कै उच्च संक्रमण दर रहेको विराटनगरमा महानगरपालिकाले एकल निर्णय गरी कात्तिक ७ गतेसम्म कक्षा ११ को परीक्षा लिने तालिका सार्वजनिक गरेको हो।

खासगरी संस्थागत विद्यालयले चलाएका माविहरुले अनलाइनबाट कक्षा सञ्चालन गरिरहेका र विद्यार्थीबाट पैसा असुल्न असहज भएपछि परीक्षा लिन  महानगरपालिकालाई दबाब दिँदै आएका थिए।

मेयर भीम पराजुलीले पनि सरोकारवालासँग छलफल नै नगरी सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयको माध्यमिक तह कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गर्न सहमत भएका थिए। 

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा पनि सरोकारवालाले महानगरपालिकाबाट एकतर्फी रुपमा परीक्षा कार्यक्रम सार्वजनिक गरिएकोप्रति विरोध जनाएका थिए।

विराटमहानगरले सार्विजनिक गरेको कक्षा ११ को परीक्षा तालिका

No description available.

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.