अर्घाखाँची : प्युठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा डोजर चालकको मृत्यु भएको छ।
अर्घाखाँची शितगंगा ८ लाहापेका ४१ वर्षीय डोजर चालक नरसिंह बुढामगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार मदन भण्डारी लोकमार्गअन्तर्गत माण्डवी गाउँपालिका-१ डाम्रिखोला नजिकै बाटो खनिरहेको बा२क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।
खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन डोजरबाट हामफालेका चालकलाई डोजरसँगै पहिरोले पुरेको र उनको घटनास्थलमै ज्यान गएको डिएसपी मल्लले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।