इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार तेस्रो जीत हासिल गरेको छ।
लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा साडियो माने आन्ड्रीयू रोबेर्टसन र डिओगो जोटाले एक एक गोल गरेका थिए। यासु सिजनमा वोल्भरहम्पटनबाट लिभरपुल आएका पोर्चुगिज विंगर जोटाले लिभरपुलका लागि डेभ्यु खेलमा नै गोल गरेर राम्रो शुरुवात गरेका छन्। त्यस्तै आर्सनलका लागि अलेक्जेन्डर लकाजेटेले एक गोल गरेका थिए।
यो जितपछि लिभरपुलले तिनै खेल जितेर ९ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा रहेको छ। त्यस्तै गएराति भएको अर्को खेलमा फुलह्याममाथि एस्टन भिल्लाले ३–० को जीत निकाल्यो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।