|

सल्यान : प्रयोग गरेसकेका मास्क जथाभावी फाल्दा संक्रमणको जोखिम बढेको छ। कोरोना भाइरस संक्रमणबाट बच्न प्रयोग गरिएका मास्क सडक, बजारक्षेत्र लगायत विभिन्न क्षेत्रमा जथाभावी फालिएकाले जोखिम बढ्दै गएको छ।

मास्कको उचित प्रयोग र व्यवस्थापन हुन नसके संक्रमण फैलिन सक्ने सल्यान अस्पतालका डा. प्रदीप शर्मा बताउँछन्। प्रयोग गरिएको मास्क अस्पतालको फोहोरजस्तै डिस्पोज गर्नुपर्ने उनले सुझाव दिए। जथाभावी फालिएका मास्कबाट फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारी, बालबालिकालाई संक्रमणको जोखिम हुन सक्ने डा. शर्माको भनाइ छ।

कोरोना भाइरस संक्रमण बढेसँगै सल्यानमा मास्क प्रयोग गर्ने पनि बढेका छन्। तर, प्रयोग भएका मास्क व्यवस्थापन हुन नसक्दा अर्को संक्रमण फैलिन सक्ने स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए। उनले भने, ‘प्रयोग गरिएको मास्कलाई सम्भव भएसम्म लुगाधुने पाउडर मिसाएको पानीमा भिजाएर डस्टविनमा राख्ने वा जलाउने गर्नु पर्छ।’

मास्कको भित्री भागमा थुक, र्‍याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा हुन सक्ने भएकाले जथाभावी फाल्दा संक्रमणको जोखिम हुन सक्छ। आम समुदायलाई स्थानीय तहहरुले मास्क प्रयोग गरिसकेपछि त्यसको कसरी विर्सजन गर्ने भन्ने विषयमा पनि सिकाउन जरुरी रहेको उनले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.