|

ओखलढुङ्गा : सिद्धिचरण नगरपालिका–७ मा एलईडी बल्ब उत्पादन सुरू भएको छ। नगरपालिकाको एक लाख अनुदान र आफ्नो दुई लाख रुपैयाँ लगानीमा यदुनाथ दाहालले बल्ब उत्पादन सुरु गरेका हुन्।

ग्रामीण बिजुलीघर नामक दाहालमा दैनिक ५० वटा बल्ब उत्पादन क्षमता रहेको छ। उद्योगबाट अहिलेसम्म १५० बल्ब उत्पादन भइसकेको छ। प्याकेजिङ गर्ने खोल नभएका कारण बजारमा लान समस्या भएको र चाँडै खोल बनाउने तयारी गरिरहेको दाहाले बताए।

जनशक्ति र बजार व्यवस्थापनको काम अघि बढेपछि थप मेसिन राखेर उत्पान बढाउन सकिने उद्योग सञ्चालक दाहाल बताउँछन्। ग्रामीण विजुली घर नगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको पहिलो स्थानीय उद्योग भएको वडा नम्बर ७ का अध्यक्ष बमबहादुर राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.