स्याङ्जा : वालिङमा माथिबाट खसेको पहिरोमा पुरिँदा एक जनाको ज्यान गएको छ। दुई जना घाइते भएका छन्।
गिट्टी निकाल्ने क्रममा माथिबाट ढिस्कोसहित पहिरो खसेको थियो। सोही पहिरोमा पुरिँदा वालिङ-११ पेखुका ३१ वर्षीय दुर्गा थापाको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि पौडेलले जानकारी दिए।
सोही पहिरोमा वालिङ-११ कै ३५ वर्षीय मुना थापा र ३१ वर्षीय नारायणी सिङ्जाली घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि वालिङस्थित गह्रौँ ध्याङलिङ प्राथमिक अस्पतालमा पठाइएको छ ।
स्याङ्जामा पहिरोको कारण यस वर्ष ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।