|

आफू बसेको होटलबारे नकारात्मक टिप्पणी गर्दा थाइल्याण्डमा एक अमेरिकी पर्यटकले भुक्तमान व्यहोर्नुपरेको छ।

'सी भ्यू' नामक होटलबारे नकारात्मक टिप्पणी गर्ने ती पर्यटकलाई व्यवस्थापनले मानहानिको मुद्दा लगाउँदै जेल पुर्‍याएको हो। थाइल्याण्डमा मानहानिसम्बन्धी कडा कानूनी व्यवस्था छ।

वेस्ली बर्नस नामका ती अमेरिकी पर्यटकले उक्त रिसोर्टमा ‘आधुनिक दासप्रथा’ कायम रहेको आरोप लगाएका थिए। ट्रिपएड्भाइजर डटकममा वेस्लीको उक्त टिप्पणी प्रकाशित भएपछि होटल व्यवस्थापनले आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै पाहुना विरुद्ध मुद्दा दायर गरेको थियो।

वेन्लीले बाहिरबाट किनेर लगेको मदिरा होटलको रेस्टुरेन्टमा सेवन गर्न खोजेपछि विवाद भएको र त्यही विवादका कारण त्यस्तो नकारात्मक टिप्पणी आएको हुनसक्ने व्यवस्थापनको तर्क छ।

बीबीसीका अनुसार होटलले उजुरी दर्ता गर्नासाथ समातिएका वेस्ली धरौटीमा छुटेका छन्। तर‚ मुद्दाको अन्तिम सुनुवाइमा दोषी पाइए उनलाई दुई वर्षसम्मको जेल सजाय हुनसक्ने देखिएको छ। ​ट्रिपएडभाइजर डटकमले पनि वेस्लीको टिप्पणी आफ्नो गाइडलाइनविपरित रहेको ठहर गर्दै वेबसाइटबाट हटाइसकेको छ।

भविष्यमा पनि होटलबारे नकारात्मक लेखिरहन सक्ने सम्भावना देखिएकाले कानूनी उपचारमा जानु परेको होटलले जनाएको छ। ‘अनेक कोशिश गर्दा पनि उनी हामीसँग सम्पर्कमा आएनन्‌, उल्टै विभिन्न वेबसाइटमा हामी विरुद्ध लेखिराखे,’ होटलले भनेको छ‚ ‘त्यसैले कानूनी उपचार खोजेका हौं।’

वर्ष दिनजति अघिको घटना भएपनि वेस्लीले होटल विरुद्ध नकारात्मक टिप्पणी नरोकेपछि अहिले आएर कानूनी कारबाही थालिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.