डडेल्धुरा : भारतसँग सीमा जोडिएका डडेल्धुराको भागेश्वर गाउँपालिका-१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बताए ।
उनले सीमा सुरक्षा, सीमा स्तम्भहरूको संरक्षण र सीमामा हुने आपराधिक गतिविधिहरु नियन्त्रणका लागि सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको हो। उनले बताए। राज्यले सङ्गठनलाई दिएको सीमा सुरक्षाको जिम्मेवारी गहन रुपमा बहन गर्न पोष्टमा खटिएका प्रहरीलाई समेत उनले निर्देशन दिए।
भारतसँग सीमा जोडिएका डडेल्धुराको परशुराम नगरपालिकाको साँदनी बजार, परिगाउँ र अर्सुरानी गाउँमा यसअघि नै सशस्त्र प्रहरीको बीओपी स्थापना भइसकेका छन्।
सेल्टुडामा बिओपी स्थापना भएसँगै नेपाल भारत सीमामा हुन सक्ने चोरी सिकारी, तस्करीका साथै आपराधिक घटनामा कमी हुने विश्वास लिइएको छ।
बिओपी स्थापना भएसँगै सीमा सुरक्षा हुने भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताए। सीमा सुरक्षाका साथै सीमामा हुन सक्ने आपराधिक घटनामा नियन्त्रण गर्नका लागि सहज हुने उनले विश्वास गरे।
नेपाल प्रहरीको रुपालस्थित चौकीको पहुँचबाट टाढा भएकाले त्यस क्षेत्रमा विगतका दिनदेखि नै चोरी सिकारी हुने गरेको स्थानीयवासी बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।