|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय १३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार हाल देशभर २० हजार ३ सय ९६ सक्रिय संक्रमित छन्। 

त्यस्तै आज देशभरबाट मात्र ७ सय ३१ जना संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै देशभरबाट ७२ दशमलव ६ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन्। 

हाल नेपालमा संस्थागत आइसोलेसनमा ९ हजार ६ सय ८९ जना बसिरहेका छन् भने क्वारेन्टाइनमा ५ हजार ७ सय ७८ रहेका  छन्। त्यस्तै आजको पिसिआर १० हजार ८ सय ९१ रहेको गाैतमले बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.