|

काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो।

सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो। आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर १५१३ जना संक्रमित थपिएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.