|

काठमाडौं : नेपाल चीन उद्योग वाणिज्य संघ अन्तरर्गत सिन्धुपाल्चोक च्याप्टरमा नव निर्वाचित अध्यक्ष जाङबु शेर्पाको अध्यक्षतामा २३ सदस्यित नयाँ कार्यसमिति गठन भएको छ। 

साथै सिन्धुपाल्चोक च्याप्टरमा अमृत कुमार खड्काको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ। च्याप्टरले विगत देखि विशेष गरी तातोपानी क्षेत्रमा रहेका व्यापारी वर्ग हक हित तथा दुई देश बीच हुने व्यापार सहज बनाउन कार्य गर्दै आइरहेको छ।

कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र चीन वीच विद्यमान सुमधुर सम्बन्ध विस्तार एवं आर्थिक तथा व्यापारिक क्रियाकलापमा संघले कार्य गर्दै आइरहेको कुरा बताए। साथै हाल कोभिडका कारण नाका सुचारु हुन नसकिरहेको र नाका पूर्ण रुपमा सुचारु गर्न विभिन्न सरकारी निकाय, दुबै देशका राजदुतावास, चीनीया संघ संस्था, सीसीपिआइटी, तिव्वत सरकारलाई आग्रह गर्दै आइरहेको बताए।

कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरका अध्यक्ष जाङबु शेर्पाले दुई देशबीच आर्थिक व्यापारिक क्रियाकलाप विस्तार एवं सुमधुर गर्न तथा व्यापारी वर्गको हक हितका लागि काम गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.