विराटनगर : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
विज्ञान प्रतिष्ठनको कोभिड १९ अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजेर १० मिनेटमा राजविराज ४, सप्तरीका ३९ वर्षीय पुरुषको मृत्यु भएको हो।
प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार असोज १० गते कोभिड अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
मृतकलाई विराटनगरस्थित गोल्डेन हस्पिटलले रेफर गरेपछि बीपी प्रतिष्ठानमा भर्ना भएका थिए। उनलाई उच्चरक्तचाप, विगत १० बर्षदेखि मधुमेह र मिगौलाको समस्या भएर डाइलाइसिस भइरहेको पनि प्रवक्ता डा सापकोटाले जानकारी दिए।
बीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको कुलसंख्या ३७ पुगेको पनि प्रवक्ता डा सापकोटाले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।