|

कपिलवस्तु : कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध अफिम प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरीले लु १ ह १५७ नम्बरको अटोमा ल्याउँदै गरेको अवस्थामा अफिम नियन्त्रणमा लिएको हो। अफिमसँगै रोल्पाको कुलेरी गाउँपालिका–१ कुलेरीकी ४९ वर्षीया सीता रोका र कपिलवस्तुको शिवराज–५ का अटो चालक सुशील क्षेत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

छड्के चेक जाँचका क्रममा मंगलबार राति कार्यालय अगाडीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए। ‘ब्राउन सुगर बनाउनु प्रयोग हुने अफिम नेपालमा उत्पादन हुँदैन,’  प्रहरी निरीक्षक प्रताप पौडेलले भने, ‘अन्य देशबाट ल्याइएको हुनु पर्छ। नेपालगन्ज हुँदै कपिलवस्तुबाट भारततर्फ ओसार पोसार गर्न खोजिएको थियो।’ कृष्णनगर प्रहरीले असोज ९ मा पनि ३७ किलो चरेस नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.