|

काठमाडौं : अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई मंगलबार साँझ महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको हो।  मलेसियामा नेपालीलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा उनी पक्राउ परेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए।

 श्रेष्ठले मलेसियामा डान्स बार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको र आफ्नो रेष्टुरेन्टमा काम गर्ने दाङका मोहम्मद रैदासलाई उनले सात दिन अपहरण गरी शरीर बन्धक बनाएको  जाहेरी परेको थियो।

डेबिडले १५ लाख रुपैयाँ फिरौती समेत मागेको पाण्डेले जानकारी दिए। उनीविरुद्ध गत जुन महिनामा मलेसियामा अपहरण गरेको कसुरमा जाहेरी रहेको पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.