साइकल सिटी बनाउन यो अभियान : हाछेथु
साइकल सिटी बनाउन यो अभियान : हाछेथु
काठमाडौं : ललितपुर महानगरपालिकाका नगर प्रहरीले साइकल सिटी बनाउन धमाधम होर्डिङ बोर्डहरु हटाउन थालेको छ। सडकका वरिपरिका मदिराहरुको बोर्डहरु अहिले हटाइएको हो।
महानगरपालिकाका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले सहर कुरुप देखिएकाले बोर्डहरु हटाउन सुरु गरेको बताए।
‘साइकल सिटी बनाउन पहिलो चरणमा मदिराहरुको बोर्ड हटाउने छौँ,’उनले भने,‘दोस्रो चरणमा घर बनाउन राखिएका सामानहरू हटाउँछौँ। तेस्रो चरणमा अव्यवस्थित गाडी हटाउछौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।