|

सर्लाही : राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको रेलमार्गका कारण पानीको उचित निकास नहुँदा सर्लाहीका बस्ती डुबानमा पर्न थालेका छन्। 
बाग्मती नगरपालिका–१२, काजिरामटोलका बासिन्दा डुबानको चपेटामा परेका छन्। 

काजिरामटोलदेखि दक्षिणतर्फ अहिले धमाधम पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । भलबाढी बग्ने ठाउँमा अग्लो पारिएपछि त्यहाँका ४० भन्दा बढी घर डुबानमा परेका हुन्। 

गोडारी र डुमाजोर खहरेखोलाको पानी रेलमार्गबाट दक्षिणतर्फ जान नपाउँदा घर तथा खेतीबारी डुेबा स्थानीय शम्भु माझीले गुनासो गरे। पानीको निकास नपाउँदा त्यस ठाउँमा अघिल्लो हप्ताको झरीमै अधिकांश घरहरु डुबानमा परेका थिए । वर्षाको भल एकत्रित गर्न डोजर लगाएर जथाभावी खनेकाले पचासौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएका उनले बताए। 

आफ्नो ११ कठ्ठाको धानबारी बगर बनेको माझाीले चिन्ता गरे। भारी वर्षा हुँदा पूरै गाउँ विस्थापित हुने खतरामा छ। ‘पाक्न लागेको १३ कठ्ठा धान खेतीमा बालुवाले भरिएर बगर भयो । श्रीमान् अपांग र साना साना छोराछोरी छन्, यही खेतीबाट उब्जिएको अन्नको भरमा जीवन निर्वाह गथ्र्याैं, अब त्यही जमिन बगर भएपछि के खाएर बाँच्ने ?’ स्थानीय हेममाया आलेले निरास हुँदै भनिन्। 

अघिल्लो हप्ताको डुबानले धेरै किसानको पसाउने बेलाको धान बाली नष्ट गरेको छ । उनका अनुसार यसअघि चुरेतिरबाट आउने भल जताततै छरिएर जाने गरेको भए पनि रेलमार्ग निर्माण भइरहँदा पानी निकासका लागि तीन किलोमिटरमा निर्माण गरिएका साना खालका  चारवटा कल्भर्डले सहज रुपमा पानी निकास हुन दिएको छैन।

यस बस्तीका लागि यो समस्या दीर्घकालीन भएको स्थानीय अगुवा काजीराम कुशवारले जानकारी दिए। डुबानले अहिले पु¥याएको क्षति र आगामी दिनमा हुनसक्ने थप क्षतिबारे नगरपालिका र रेलमार्ग निर्माणको काम गरिरहेका ठेकेदार तथा रेल विभागमा पटक–पटक जानकारी गराए पनि सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.