|

इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। 

लगातार दुई खेल जितेर शीर्षस्थानमा रहेको राजस्थानमाथि कोलकाताले बुधबार ३७ रनको जित पार्‍यो। १ सय ७४ रनको लक्ष रक्षा गर्नेक्रममा कोलकाताले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राजस्थानलाई निर्धारित २० ओभरमा ९ विकेटमा १ सय ३७ रनमात्र बनाउन दियो।​ कोलकाताको यो पहिलो जीत हो। 

राजस्थानका टम कुरान ५४ रनमा अविजित रहे । त्यसबाहेक दोहोरो स्कोर बनाउनेमा जोस बटलर २१ र राहुल टेवाटिया १४ रन बनाए।  कोलकाताका शिवम माभी, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले २–२ विकेट लिए । 

यसअघि कोलकाताबाट शुभमन गिलले ४७, सुनिल नारिनले १५, नितिश रानाले २२, एन्ड्रयु रसेलले २४ र इयोन मोर्गनले अविजित ३४ रन बनाएका थिए। राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.