|

बायर्न म्युनिखले डिएफएल सुपरकपको उपाधि जितेको छ ।

हिजो राति सम्पन्न खेलमा बायर्नले डोर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै डिएफएल सुपरकपको उपाधि जितेको हो । बायर्नको जितमा थोमस मुलर, कोरेनटिन टोलिस्सो र जोशुआ किमिचले एक एक होल गरेका थिए भने डोर्टमण्डका लागि जुलियन ब्राण्डट र एर्लिंग हलाण्डले एक एक गोल गरेका थिए।

लगातार उपाधि जितिरहेको बायर्नले बुण्डेसलिगा, च्याम्पियन्स लिग, युइएफए सुपर कप पछि डिएफएल सुपर कप पनि जितेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.