|

काठमाडौं :  रजिना रिमालको आवाजमा 'तिमी आउन सक्छौ -पानीको फोका-२' बोलको गीत सार्वजनिक भएको छ।

डा.राजुबाबु श्रेष्ठको शब्द रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन्। यसअघि उनीहरूको सहकार्यमा 'पानीको फोका जस्तै फुट्यो हाम्रो माया' सार्वजनिक भएको थियो। उक्त गीतले नेपाली संगीतको क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको थियो।

यसैको प्रेरणा स्वरुप नयाँ गीत सार्वजनिक गरिएको गीतकार श्रेष्ठले बताए। गीतमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन र अभिनय देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.