|

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर दिनप्रतिदिन बढेसँगै सरकारले बुधबार काठमाडौंमा सचेतना अपनाउन अपिल गरेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नै उपत्यकामा पुनः लकडाउन गरेर परीक्षण दर बढाए मात्र नियन्त्रणमा लिन सक्ने स्वीकार गरेका छन्। 

संक्रमितहरुको संख्या दिनप्रतिदिन थपिँदै जाँदा आरटी पीसीआर परीक्षणको दायरा पनि बढाउनपर्ने अवस्था छ। कोरोना संक्रमण दर बढेपछि सरकारी र गैरसरकारी क्षेत्रबाट ५० भन्दा धेरै ल्याबमा कोरोना परीक्षण भइरहेको छ। यस्तै ल्याबमध्ये एक हो ललितपुरको कुपण्डोलस्थित ‘बिध ल्याब’।

यस ल्याबका अध्यक्ष बिके भण्डारी चाँडो परीक्षण र नतिजा दिएर कोरोनाको संक्रमण दर घटाउन परीक्षण दायरा बढाउनुको विकल्प नभएको बताउँछन्। 

दशैं नजिकिँदै गर्दा बढ्दै गएको चहलपहलका कारण संक्रमण दर शहरी क्षेत्रमा बढेको जानकारहरु बताउँछन्। सुरुदेखि नै सरकारले निर्धारण गरेको भन्दा कम शुल्कमा बिधले कोरोना परीक्षण गराइरहेको जनाएको छ। 

‘बिध’ को कथा 

कोरोना महामारीले विश्वलाई आक्रान्त बनाइसकेको थियो। नेपालमा ११ चैत ०७६ मा सरकारले लकडाउन गर्‍यो। विश्वभरको सन्त्रासलाई मध्यनजर गर्दै अध्यक्ष भण्डारी नेपालमा कोरोना महामारी नियन्त्रणमा सघाउने उपायको खोजीमा जुटेका थिए।

‘हामीले नेपालमा अत्याधुनिक मेसिन नभएको र पीसीआर परीक्षण महंगो शुल्कमा गर्नुपर्ने हुनसक्ने अवस्थालाई बुझ्यौँ’, उनले भने, ‘सरकारसमक्ष ल्याब निर्माणको अवधारणा लिएर गएका थियौं।’

संक्रमण दर बढ्दै जाँदा देशका विभिन्‍न अस्पताल तथा स्वास्थ्यकर्मीले परीक्षण तथा उपचारबाट पन्छिने गरेका थिए। ‘नेपालमा भन्दा पहिला अन्य मुलुकमा पनि त्यही अवस्था भएको हामीले देखेका थियौं’, उनले भने, ‘त्यही अवस्था नेपालमा नआओस् भनेर हामीले सरकारसमक्ष ल्याब स्थापनाको अनुमति मागेका थियौं।’

गत १६ जेठमा स्वास्थ्य मन्त्रालयमा ल्याब संचालनको प्रस्ताव लगेको मन्त्रालयले एक महिनापछि मात्रै एलओवाई दिएको थियो। मन्त्रालयले १५ दिनभित्र ल्याब बनाउन एलओवाई दिए पनि ५ दिनभित्र ल्याब बनाएर सरकारलाई खबर समेत ल्याबका संचालकले गरेका थिए। 

अन्ततः सरकारले १३ असारमा ल्याब संचालनको अनुमति दिएपछि १५ असारदेखि परीक्षण सुरु गरिएको थियो। 

सहज शुल्क 

कोरोना महामारीबीच १५ हजारदेखि सुरु भएको पीसीआर परीक्षणको शुल्क अन्ततः अहिले २ हजार तोकिएको छ। तर, यस ल्याबले आफ्नो स्थापना कालदेखि नै सरकारले तोकेको भन्दा सस्तो मूल्यमा परीक्षण गराउँदै आएको कम्पनीले जनाएको छ।

ल्याबका संचालक समेत रहेका भण्डारीले भने, ‘कुनै बेला कोरोना परीक्षण शुल्क ५५ सय तोकेको थियो, हामीले त्यतिबेला ४ हजारमा परीक्षण ग¥यौं। त्यसपछि सरकारले ४४ सय रेट तोक्यो, हामीले घटाएर २ हजारमा झार्‍यौं। अहिले हामीले १९ सय ९९ मा परीक्षण गर्छौं।’

कोरोना परीक्षणको शुल्क घटेसँगै अहिले सर्वसाधारण आफ्नै शुल्कमा कोरोना परीक्षण गराउन सक्ने भएका छन्। भण्डारी भन्छन्, ‘हामीले सुरुदेखि नै सरकारलाई भनेका हौं, म त अझ ल्याबमा लाग्ने खर्चमात्र राखेर कोरोना परीक्षणको दायरा बढाउने अभियानमा सरकारलाई साथ दिऔं।’

त्यसो त, यहीबीचमा सरकारले पीसीआर परीक्षणको मूल्य घटाउन नसक्ने भन्दै ४ हजारमै परीक्षण गराइरहेका छन्।

अत्याधुनिक ‘ल्याब’

भण्डारीका अनुसार, काठमाडौं उपत्यकाका धेरै अस्पतालले बिध ल्याबबाटै कोरोना परीक्षण गराइरहेका छन्। भण्डारी भन्छन्, ‘बिध ल्याबमा दैनिक ४ हजार जनाको कोरोना परीक्षण गर्न सक्छौं। नेपालमा भएको सबैभन्दा ठूलो ल्याब हाम्रै हो।’

स्मार्ट फोन, स्मार्ट ‘रिपोर्ट’

अहिले धेरैजसो मानिस स्मार्ट फोन प्रयोग गर्छन्। सरकारले कोरोना महामारीलाई मध्यनजर गर्दै सकेसम्म ‘भर्चुअल’माध्यम बढी प्रयोग गर्न भनेको छ। संक्रमणको जोखिम अन्त्य गर्नका लागि सरकारले अनलाइन प्रणालीबाट काम गर्न भनेको छ। 

त्यही अवस्थालाई मध्यनजर गर्दै सुरुदेखि नै आफूहरुले स्मार्ट रुपमा रिपोर्ट दिने व्यवस्था ल्याबले मिलाएको छ। ‘हामीले परीक्षण गराएकै दिन रिपोर्ट दिने व्यवस्था मिलाएका छौं’, उनले भने, ‘केही आपतकालीन अवस्थाका केसहरुलाई चाँडोभन्दा चाँडो प्राथमिकतामा पनि परीक्षण गराइरहेका छौं।’

त्यस्तै, बिध ल्याबले ल्याएको मोबाइल एप्स् ‘स्वस्थ’मा आफ्नो आइडी पासवर्ड लग इन गरेर आफ्नो रिपोर्ट आफैं हेर्न सकिने व्यवस्था मिलाएको छ। 

‘हामीले प्रत्येक संक्रमितको छुट्टै साइट जेनेरेट गरेर एसएमएस मात्रै हैन कि, छुट्टै फाइल नै जेनेरेट गर्ने सफ्टवेयर जेनेरेट गरेका छौं’, उनले भने, ‘जसले हाम्रो साइटमा जान्छ, रजिस्टर्ड गर्छ, अनि आफ्नो यूजर आइडी र पासवर्ड हानेर लगइन गरी आफ्नो रिपोर्ट पूरै हेर्न सक्छ।’ 

कोभिड परीक्षणमा जोड

कोभिड परीक्षणलाई लक्षित गर्दै आफूहरुले ल्याब बनाएको संचालक समेत रहेका भण्डारी बताउँछन्। ‘हामी कोभिड मात्रै परीक्षण गर्ने ल्याब हौं। कोभिड परीक्षणलाई पहिलो प्राथमिकता राख्छौँ’, उनले भने, ‘अरूहरूको ध्यान अन्य सेवामा पनि हुन्छ तर हामी कोभिडमा नै केन्द्रित छौं।’

ल्याब खोल्नु अगाडि अध्ययन अनुसन्धान गरेर यस क्षेत्रमा आएको भन्दै उनले यो महिनाभित्र नै अर्को फुल फेजको ल्याब लन्च गर्ने योजनामा रहेको बताए। सरकारले सहकार्य गरेमा केही १५ दिनभित्र नै ६ सय बेडको अस्पताल बनाएर कोरोना उपचारमा सहयोग गर्न तयार रहेको उनले उल्लेख गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.