|

विराटनगर : मोरङ कारागारका एक बन्दीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। विराटनगरस्थित कारागारमा रहेका उनको शुक्रबार बिहान सवा १० बजे कोशी अस्पतालमा मृत्यु भएको हो।

कोशी अस्पताल विराटनगरको आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार बिहीबार बिहान भर्ना गरिएका युवकमा सोही दिन कोरोना पुष्टि भएको थियो। उनको आइसोलेसनमा उपचार भइहरेकोमा मृत्यु भएको उनको भनाइ छ।

युवकलाई आइसियुमा राखेर उपचार गर्नुपर्नेमा कोशी अस्पताल कोभिड- १९ उपचार केन्द्र विराटनगरमा आईसीयू बेड खाली नभएका कारण उनलाई कोशीकै आइसोलेसनमा राखिएको थियो।

लागूऔषध मुद्दामा पुर्पक्षका लागि गत माघदेखि उनी थुनामा रहेका थिए । गत असोज १५ गते पनि कारागारमै रहेका २७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो। ९१८ जना कैदी बन्दी रहेको कारागारमा ५ जनालाई कोरोना पोजेटिभ देखिएपछि कारागारभित्र आइसोलेसन सञ्चालन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.