|

सुनसरी : धरान उपमहानगरपालिका–१५ मा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ। करिब ७० वर्षीय उनको सोमबार बिहान घरमा नै मृत्यु भएको हो।

उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बीपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।

छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए। बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा  भीड भएका कारण उनलाई घरमै राखिएको थियो। सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ।  धरानमा एक पत्रकारसहित ८२ जनामा सोमबार संक्रमण पुष्टि भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.