|

काठमाडौं : गायक आदित्य नारायण झाले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन्। 

 गायिका नेहा कक्करसँग विवाहको चर्चा चलिरहेका बेला आफ्नी प्रेमिका सार्वजनिक गरेका हुन्। केही दिन अगाडि कक्करले आफ्ना प्रेमी सार्वजनिक गरेकी थिइन्। 

आदित्यले प्रेमिका श्वेता अग्रवालको तस्बिर सार्वजनिक गर्दै चाँडै विवाह गर्ने जनाएका छन्।  दुई जनाको भेट सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र ‘शापित’को सेटमा भएको थियो। उक्त चलचित्रमा दुवै जनाले एकसाथ काम गरेका थिए। त्यही काम गर्ने क्रममा आदित्यले प्रेम प्रस्ताव राखेका थिए। 

श्वेतासँग आफूले यस वर्षको अन्त्यमा बिहे गर्ने तयारी गरेको आदित्यले बताएका छन्। आदित्य र श्वेता प्रेम सम्बन्धमा जोडिएको केही समयपछि उनीहरूबीच ब्रेकअप भएको चर्चा पनि चलेको थियो। तर, प्रेम सम्बन्धमा यस्तो उतारचढाव आइरहने आदित्यको भनाइ छ।

केही दिन अगाडि मात्र गायिका नेहा कक्कडले प्रेमी रोहनप्रित सिंहसँग बिहे गर्न लागेको जानकारी दिएकी थिइन्।  आदित्य भने काँधमा लागेको चोटका कारण उनको नजिकको साथी नेहाको विवाहमा सहभागी हुन नपाउने भएका छन्।

टीआरपी बढाउनका लागि इण्डियन आइडलको सेटमा नै नेहा र आदित्यको विवाह गर्ने भनेर चर्चा चलाइएकाे थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.