उदयपुर : जिल्लाको विभिन्न स्थानमा रोपिएको गाँजा प्रहरीले फडानी गरेको छ।
जिल्लाको बेलका नगरपालिका र ताप्ली गाँउपालिकाबाट प्रहरीले साढे ३१ हजार बोट गाँजा प्रहरीले फडानी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) भीम दाहालले जानकारी दिए।
बेलका १ सय ७७ रोपनी क्षेत्रफलमा लगाइएको २९ हजार ९ सय ५ बोट र ताप्लीमा १ हजार ५ सय बोट गाँजा फडानी गरी जलाएर नष्ट गरेको प्रहरीले (एसपी) दाहालले बताए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।