|

काठमाडौं : काठमाडौंको नयाँ बजारमा चारवटा ग्यास सिलिन्डर पड्किँदा एउटा घर नै भत्किएको छ। यो घटनामा ११ जना घाइते भएका छन्। किरियापुत्री बसेको उक्त घरमा बिहीबार दिउँसो सिलिन्डर पड्किएको हो।

नयाँ बजारस्थित फलफूल चोकमा एसपी ग्यासको सिलिन्डर लिक भएर पड्किएको हो। घटनामा घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। घाइतेहरुको मनमोहन र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.