पर्वत : स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार बिहान जारी गरेको दोस्रो विज्ञप्तिमा प्रदेशका तीन जिल्लाका २५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या पाँच हजार चार सय ३४ पुगेको छ।
नयाँ थपिएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१४ का एक जना, १७ का एक जना, १२ का एक जना र ६ का एक जना रहेका छन्। यस्तै गैँडाकोट नगरपालिका–५ का एक जना, १५ का सात जना, १४ का चार जना, २ का एक जना, १६ का चार जना र ९ का एक जनामा पनि सङ्क्रमणको पुष्टि भएको छ।
कावासोती नगरपालिका–९ का एक जना, गोरखाको गोरखा नगरपालिका–१० का एक जना र लमजुङको सुन्दरबजार नगरपालिका–१० का एक जनामा पनि सङ्क्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ।
उनीहरू सबैको स्वाब परीक्षण चितवन मेडिकल कलेजमा गरिएको हो। गोरखा र लमजुङ जिल्लाका सङ्क्रमितहरू उपचारको लागि चितवन मेडिकल कलेजमा गएका व्यक्तिहरू हुन्।
निर्देशनालयले शुक्रवार बिहान जारी गरेको पहिलो विज्ञप्तिमा ६ जिल्लाका ५३ जनामा सङ्क्रमणको पुष्टि गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।