उपत्यकामा ५० हजार भन्दा बढी संक्रमित

|

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४ सय २ कोभिड-१९ संक्रमित थपिएका छन्।

काठमाडौंमा १ हजार ७ सय ८४, ललितपुरमा ३ सय ७४  र भक्तपुरमा २ सय ४४ थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

योसँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ५१ हजार ९ सय ४१ पुगेको छ। काठमाडौंमा ४१ हजार ८ सय १३, ललितपुरमा ५ हजार ९ सय २९ र भक्तपुरमा ४ हजार १ सय ९९ पुगेको हो।

त्यसैगरी,देशभर  ४३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्। आज ३५ सय २२ संक्रमित कोरोनामुक्त भएका छन्। कोरोना मुक्त हुनेहरूको यो दर ६९ दशमलव ८  प्रतिशत हुन आउँछ।

नेपालमा हाल ३७ हजार ३८२ जना सक्रिय संक्रमित छन्। आज १२ जार ३३६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २५ हजार ४६ जना होम आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.