काठमाडौं : कोरोना संक्रमण चुलिँदै गएको अवस्थामा पछिल्लो समय राजनीतिक दलबीच कार्यकर्ता तान्न पार्टी प्रवेश अभियान नै चलेको छ। जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसहितका नेताहरु पार्टी प्रवेश अभियान चलाएर जिल्ला जिल्ला पुगिरहेका छन्।
देशमा कोरोनाको गम्भीर संकट चुलिँदै गर्दा राजनीतिक दलले भीड जम्मा गरेर गर्ने यस्ता कार्यक्रमबाट कोरोना घर घर पुग्नेतर्फ सचेत हुन सरकारले आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिडसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दलहरुलाई भीड जम्मा हुने गरी भइरहेका आफ्ना गतिविधि रोक्न राजनीतिक दलहरुलाई आग्रह गरेका हुन्।
'अहिलेको संकटमा धेरै मानिसहरुको भीड जम्मा गरेर सभा, गोष्ठी, भेला र सम्मेलन गर्नु उपयुक्त होइन', गौतमले भने, 'राजनीतिक पार्टीका नेता र समाजका प्रवुद्ध व्यक्तिहरु भीडमा जाँदा कोरोना सरिरहेको छ। त्यसैले राजनीतिक दलहरुले सभागोष्ठी, सम्मेलन, जुलुस नगर्नू। दलका नेताहरुले संकटको यो अवस्था बुझेर भिडभाडमा नगइदिएर सुरक्षित भइदिनू।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।